सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट आएका थिए टीकापुरमा चार संक्रमित

२०७७ जेठ २०, ०५:४२ खबर संवाददाता

धनगढी : कैलालीका टीकापुर नगरपालिकामा पहिलो पटक कोरोना पुष्टि भएको छ। नगरपालिकाका एकै परिवारका तीन जनासहित चारजनामा कोरोना पुष्टि भएको हो।

टीकापुर नगरपालिकामा ५ का एउटै परिवारका २०, ३५ वर्षका पुरुष र १८ वर्षीया युवती र टीकापुर नगरपालिका १ का ६३ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो। एकै परिवारका तीन जना सुरतबाट जेठ ९ गते टीकापुर पुगेका थिए।

अर्का संक्रमित पुरुष भने जेठ ८ गते आएका थिए। उनीहरु सबैलाई टीकापुर अस्पतालको आइसोलेसनमा राखिएको छ।

कमेन्ट लोड गर्नुस