त्रिनगर नाकामा १२ सय जनालाई अण्डा वितरण
२०७७ जेठ १४, ०२:३२
धनगढी : त्रिनगर नाकामा १२ सय जनालाई अण्डा वितरण गरिएको छ। भारतका विभिन्न क्षेत्रबाट उद्धार गरिएका उनीहरुलाई अण्डा वितरण गरिएको हो। बोलन्या थली र दृष्टि फाउण्डेसनले अण्डा वितरण गरेका हुन्।
बोलन्या थलीका संयोजक यादव जोशीका अनुसार एक हजार अण्डा धनगढीकै व्यवसायी पूर्णानन्द जोशीले सहयोग गरेका थिए भने बाँकी दुई सय अण्डा बोलन्या थली र दृष्टि फाउण्डेसनले खरिद गर्दै वितरण गरेका थिए।
कमेन्ट लोड गर्नुस