सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम चलचित्रकर्मी सङघ गठन

२०८३ साउन ६, ०७:२७ खबर संवाददाता

धनगढीः चलचित्र क्षेत्रको विकास तथा चलचित्रकर्मीको हकहित, संरक्षणका लागि सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन गरिएको छ।

वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशीको अध्यक्षता तथा वरिष्ठ चलचित्रकर्मी खडकबहादुर मल्लको विशेष उपस्थितिमा आज धनगढीमा सम्पन्न भेलाले  सरस्वती खड्का भट्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। सङ्घको उपाध्यक्षमा वीरेन्द्र सिंह ‘बिरु’, महासचिवमा सुरेन्द्र सङ्गम, सचिवमा विनोद बोहरा ‘बोक्टानी किङ्ग’ र कोषाध्यक्षमा जयन्ती पाण्डेयलाई चयन गरिएको छ।

यस्तै, सदस्यहरूमा रोबर्टसिंह बडैला, सङ्गत थारू चौधरी, प्रदीप चनारा, सतीस सिन्हा, माया खड्का र ज्ञानेन्द्र कुँवर चयन भएका छन्। भेलाले वरिष्ठ चलचित्रकर्मी जोशीको संयोजकत्वमा चलचित्रकर्मी मल्ल सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको छ।

सुदूरपश्चिमका चलचित्रकर्मी लामो समयपछि सङ्गठित भएकाले अब यसका मौलिक चलचित्रको विकासर चलचित्रकर्मीको पेसागत अधिकार संरक्षण गर्न महत्वपूर्ण  भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। नवनिर्वाचित अध्यक्ष भट्टले सुदूरपश्चिमका सबै चलचित्रकर्मीलाई समेटेर सङ्घलाई अघि बढाउने र साझा हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

कमेन्ट लोड गर्नुस