धनगढीको कोरोना परीक्षण प्रयोगशाला पाँच जनाको भरमा
धनगढी :सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा १२ घण्टामा एक सय ९२ जनाको नमूना परीक्षण गर्न सक्ने क्षमता भएको आरटी पीसीआर मेसिन जडान गरिएको भएपनि सीमित जनशक्ति हुँदा समस्या भएको छ। धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटी पीसीआर मेसिन मार्फत प्रदेशभरीबाट संकलन हुने सम्भावित संक्रमितको नमूना परीक्षण भईरहेपनि जनशक्ति अभाव हुँदा गति लिन सकेको छैन्।
प्रयोगशालामा पाँचजना मात्र प्राविधिक कर्मचारी हुँदा समस्या भईरहेको हो। प्रयोगशालाका प्रमुख रमेश शाहीले जनशक्ती अभावकै कारण दैनिक दुई चरणमा मेसिन चलाउन समेत मुस्कील भईरहेको बताए। तैपनि जसोतसो व्यवस्थापन गरेर अहिले दुई चरणमा मेसिन चलाईरहेको उनी बताउँछन्।
प्रयोगशालामा थप प्राविधिक कर्मचारी आवश्यक पर्ने कुरा सम्बन्धीत निकायमा जानकारी गराउँदा समेत पहल हुन नसकेको हो। धनगढीको पशुपंक्षी अंन्वेषण प्रयोगशालामा ६ घण्टामा ९६ वटा थ्रोट स्वाबको परिक्षण गर्न सकिन्छ। दैनिक बढिमा दुई पटक मात्र परिक्षण हुँदै आएको छ।
कर्मचारीको अभावले परिक्षणको दर बृद्धि गर्न सकिएको छैन्। ल्यावमा खटाइएका कर्मचारीलाई एक दिन पनि विदा छैन्। प्रयोगशालामा जनशक्ति व्यवस्थापन गरी कोरोना भाईरसको परीक्षणलाई तिव्रता दिनुपर्ने बेला सम्बन्धीत निकाय भने पहल भईरहेको दावी गर्छन्। सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद जोशीले कोरोना परीक्षण प्रयोगशालामा जनशक्ति व्यवस्थापन गर्न पहल भईरहेको दावी गरे।
भारतबाट फर्किकाहरुको पनि कोरोना परिक्षण भएको छैन्। संकलन भएका थ्रोट स्वाबको पनि दैनिक परिक्षण गर्न सकिने अवस्था छैन्। सुदूरपश्चिम प्रदेश सरकारले ल्यावमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा परीक्षण गति नपाउँदा अवस्था अज्ञात छ।
तर सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की पनि जनशक्ति व्यवस्थापन छिट्टै हुने बताउँछन्। सरकारले जारी गरेको लकडाउनमा परीक्षणलाई तिव्र बनाएर जोखिम पत्ता लगाउँदै सोही अनुसारका प्रबन्ध मिलाउनुपर्ने बेला सरकारी निकाय भने एकअर्कालाई देखाएर बसेका हुन्।