कोरोना संक्रमणको आशंकामा धनगढीकी एक वृद्धा आइसोलेशनमा भर्ना
धनगढी : कोरोना भाइरस संक्रमणको आशंकामा धनगढीकी एक महिलालाई आइसोलेशन कक्षमा भर्ना गरिएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा सी गाउँकी ७० वर्षीया महिलालाई सेती प्रादेशिक अस्पतालको आइसोलेशन कक्षमा भर्ना गरिएको अस्पतालले जनाएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपसिँह श्रेष्ठका अनुसार ती महिला गत शनिबार भारतको दिल्लीबाट धनगढी आएकी हुन्। उनी जुगेडाको क्वारेन्टाइनमा बस्दै आएकी थिइन।
ती वृद्धाको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना समेत संकलन गरिएको छैन्। बुधबार उनको स्वाब संकलन हुने सेती प्रादेशिक अस्पतालले जनाएको छ।