सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीय सरकारले सुदूरपश्चिममा पठायो किट र भिटिएम सहितका स्वास्थ्य सामाग्री

२०७७ जेठ १२, ०४:१२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशका लागि संघिय सरकारले स्वास्थ्य सामाग्री पठाएको छ। आज दिउँसो नेपाली सेनाको स्काई ट्रक मार्फत सुदूरपश्चिमका लागि संघिय सरकारले स्वास्थ्य सामाग्री पठाएको प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले जनाएको छ।

आपुर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले सरकारले पठाएका कोरोना परीक्षण आरडीटी किट र भिटिएम लगायतका स्वास्थ्य सामाग्री धनगढी आईपुगेको बताए।

उनका अनुसार संघिय सरकारले  चार हजार आरडीटी किट, दुई हजार एक सय ५० भिटिएम, ५० थान पीपीई, ३० हजार सर्जिकल मास्क, पाँच सय ५० वटा एन–९५ मास्क, २० वटा चस्मा लगायतका स्वास्थ्य सामाग्री पठाईएको छ।

ती सामाग्री प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले आवश्यकताका आधारमा सबै जिल्लामा वितरण गरिने जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस