कोरोना आशंकामा कैलालीका १७ वर्षीय युवक सेती अस्पतालको आईसोलेसनमा भर्ना
धनगढी : कैलालीका १७ वर्षीय युवकलाई आईसोलेसनमा भर्ना गरिएको छ। जिल्लाको गौरीगंगा नागरपालिकाका वडा नम्बर ३ का १७ वर्षीय युवकलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको हो।
आईतबार साँझ मात्रै टाउको दुखेको र ज्वरो आएपछि उनलाई अस्पतालको आईसोलेसनमा भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रष्ठले बताए। १७ वर्षीय युवक केही दिन अगाडी मात्रै भारतबाट फर्किएका थिए।
उनको पीसीआरबाट कोरोना परीक्षण गर्नको लागि थ्रोट स्वाब संकलन गरिएको सूचना अधिकारी श्रेष्ठले बताए।