सुदूरपश्चिम सरकारले आजदेखि भारतबाट फर्किनेलाई धनगढीमा खाना खुवाउने
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट फर्किनेहरुलाई धनगढीमा खाना खुवाउने व्यवस्था मिलाएको छ। धनगढी स्थित रंगशालामा आजदेखि भारतबाट फर्किनेहरुलाई खाना खुवाउन प्रदेश सरकारको समन्वय एवंम् सुदूरपश्चिम फाउण्डेसनको सहकार्यमा मेस सञ्चालनमा ल्याईएको छ।
सुदूरपश्चिम फाउण्डेसनका सचिव विनय शाहले प्रदेश सरकारको आर्थिक सहयोगमा भारतबाट फर्किनेहरुलाई लक्षित गरी मेस सञ्चालन गरिएको जानकारी दिए।
उनले धनगढी रंगशालामा सञ्चालन गरिएको मेसमा खाना पकाएर सीमानाकामै पुगेर वितरण गरिने बताए। सुदूरपश्चिम फाउण्डेसनसँगै नेकपा सम्बद्ध युवा संघ र अनेरास्ववीयुमा आवद्ध विद्यार्थीहरुलाई स्वयम सेवकको रुपमा खटाईएको छ।