सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोठालो दाइ! ( झ्याउरे कविता )

२०७७ जेठ ११, ११:३८

हाहा र हुहु त्यै बित्छ मेरो, बन कुन्ज डुलेर 
गाई र गोरु छन मेरा साथ, दुख पीडा भुलेर 
सुरिलो भाका कोइली गाउँछ, म उदास बन्दछु 
बरु गाउ तिमी प्रेमका गीत, म स्याबास भन्दछु ।।

ए माइला तिमी बाख्रा चराउ ,म गीत सुन्दछु 
बिरह भाका गाउँदैछ चरी ,लगाउ मीत भन्दछु 
लौ दाजु जान्छु बाख्रा चराउन ,म पारी बनैमा 
सङगाली आउनु बिरह भाका, बैरागी मनैमा ।।

दिन भरी डुल्छु बन र पाखा, म हु नि गोठालो 
दाउरा चिर्न जाउ साइला तिमी, तिम्रै त छ पालो 
घाम डुब्नै लाग्यो मै काट्छु घाँस,घर छिट्टै जानू छ 
सघाउन माइला सक्दिन एक्लै, सोत्तर नि लानु छ ।।

काँ गयो साइला हाम्रो माली गाई, हराए झै लायो 
खोज्न जाउ हिड त्यो पारी बन, कराए झै लायो 
सेती बाखरी नि, काली बाखरी नि, खै कता हराए 
जाउ साइला तिमी खोजेर ल्याउन, त्यै नजिक कराए ।।

ठुल दाजु हामी अगाडि जान्छौ, पछाडी आउनु है 
सोत्तर हामी लगेर जान्छौ, घाँस काटी ल्याउनु है 
ए माइला तिमी छिट्टै जाउ घर ,गाई गोबर सार्नु छु 
साइला तिमी, गिरेठो लैजाउ, भटमास झार्नु छ ।।
हरिश चन्द, कञ्चनपुर
 

कमेन्ट लोड गर्नुस