सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद 

२०८२ चैत्र १८, १०:३२ खबर संवाददाता

धनगढीः कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४८ हजार बराबरको सिद्रा माछा मंगलवार अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।

 यसैगरी कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–४ बसपार्क र भीमदत्त नगरपालिका–५ सुकासालबाट अबैंध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ७७ हजार ५ सय बराबरको कस्मेटिक सामान, भारतिय नम्बर प्लेटको स्कुटी लगायतका सामान मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएके छ।

कमेन्ट लोड गर्नुस