भारतबाट फर्किएका धनगढीका तीन जना कोरोना आशंकामा सेती अस्पतालमा भर्ना
धनगढी : कोरोना आशंकामा धनगढीका तीन सेती प्रादेशिक अस्पतालमा भर्ना भउका छन्।
धनगढी उप–महानगरपालिका वडा नम्वर १८ का ३० बर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्व्र ८ का २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २८ बर्षीय युवकलाई अस्पतालको आईसोलेसनमा भर्ना गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
तीन मध्ये दुई जनालाई क्वारेन्टाइनमा राखिएको र कोरोनाको लक्षण देखिएपछि आईसोलेसनमा भर्ना गरिएको सूचना अधिकारी श्रेष्ठले बताए। तीनै जना भारतबाट आएका हुन्। उनीहरुको स्वाब संकलन भने भोली मात्रै हुनेछ।
यसअघि आज नै कोरोना आशंकामा एक युवक सेती अस्पतालमा भर्ना भएका थिए। बैतडी जिल्लाको सिगास गाउँपालिका वडा नम्वर ३ का २१ बर्षीय युवकलाई आईसोलेसनमा भर्ना गरिएको थियो। सेती प्रादेशिक अस्पतालबाट अहिलेसम्म पाँच जना संक्रमित सहित ५७ जना डिस्चार्ज भईसकेका छन्।