धनगढीमा गर्मी बढ्यो, तापक्रम ३८ डिग्रि सेल्सियस
२०७७ जेठ ४, ०४:०२
धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गर्मी बढेको छ। बिहानैदेखि घाम चर्किन थालेसँगै गर्मी बढेको हो। आज धनगढीको तापक्रम ३८ डिग्रि सेल्सियस पुगेको छ।
जल तथा मौसम पूर्वानुमान महाशखाका अनुसार दिउँसो पौने ३ मापन गरिएनुसार अधिकतम तापक्रम ३८ दशमलव १ डिग्रि सेल्सियस छ।
शनिबार दिउँसो धनगढीको तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सीयस मापन गरिएको महाशाखाले जनाएको छ।
कमेन्ट लोड गर्नुस