कैलालीको गौरीफन्टाबाट ३० जिल्लाका नेपालीको उद्दार, हेर्नुस कहाँका कति ?
धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट शनिबार उद्दार गरिएका तीन सय ७४ जना विभिन्न ३० जिल्लाका रहेका छन्। भारतीय सीमावर्ती क्षेत्रमा आएर बसेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दार गरी स्वदेश ल्याईएको हो।
जसमा सबैभन्दा बढि बझाङका ८३ र कैलालीका ८१ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले कञचनपुरका ५१, बैतडीका २९, सुर्खेतका २७, चितवनका १४ जनाको उद्दार गरिएको जानकारी दिए।
यस्तै सप्तरीका ७, झापाका ११, तनहुका ८, बाग्लुङका ७, दैलेखका ५, इलामका ५, काठमाडौँका ४, स्याङझाका ३,नवलपरासी ३, पश्चिम रुकुम ३, बाँकेका ३, बारा, उदयपुर दाङ र सिराहका २÷२ जना रहेका छन्।
यसैगरी चितवनको १, जकनपुरका २, मकवानपुर, मोरङ, सुनसरी सिन्धुलीका एक÷एक तथा बाजुरा र डोटीका दुई÷दुई जनाको उद्दार गरिएको छ।