सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकाबाट थप ३७४ जनाको उद्दार, सबैको आरडीटी रिर्पोट नेगेटिभ

२०७७ जेठ ४, ०७:१६ खबर संवाददाता

धनगढी :  कैलालीको गौरीफन्टा नाकाबाट शनिबार थप तीन सय ७४ नेपालीको उद्दार गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा सीमापारी भारतीय क्वारेन्टाईनमा राखिएको थप तीन सय ७४ जनाको उद्दार गरी स्वदेश फकाईएको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कैलाली कञ्चनपुर सहितका विभिन्न जिल्लाका उनीहरुलाई उद्दार गरी सम्बन्धीत ठाउँ पठाईएको जानकारी दिए। सीमानाकामा सबैको आरडीटी परीक्षणपछि उनीहरुलाई अबेर राती बस मार्फत सम्बन्धीत जिल्ला पठाईएको सूचना अधिकारी जोशीले बताए।

यसअघि शुक्रबार पनि कैलाली प्रशासनको समन्वयमा सीमावर्ती भारतीय क्षेत्रमा झण्डै डेढ महिनादेखि राखिएका  तीन सय ८१ नेपालीको उद्दार गरिएको थियो। सीमानाका बन्द नै भएपनि लामो समयदेखि सीमावर्ती क्षेत्रमा रोकिएकाहरुको उद्दार गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीले आजदेखि भने उद्दारको काम बन्द भएको जनाएको छ। तत्काल नाका नखुलेकाले सम्बन्धीत क्षेत्रमै बस्न समेत अपिल गरिएको छ।    
 

कमेन्ट लोड गर्नुस