कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ८ हजार नाघ्यो
२०७७ जेठ ३, ०६:१४
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर तीन लाख ८ हजार बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख ८ हजार १ सय ३२ पुगेको छ।
यस्तै ४६ लाख २१ हजार १ सय १६ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १७ लाख ५५ हजार ८५ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस