सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसायीद्वारा अस्पताललाई स्वास्थ्य सामग्री

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ १, ११:३५

युवा व्यवसायी सुनिल रायमाझीले भैरहवास्थित भीम अस्पताललाई यस्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको छ। होटल निर्वाणाका अध्यक्ष रायमाझीले अस्पताल सञ्चालक समिति सदस्यसमेत रहनुभएका सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीलाई आज पाँच थान पिपिई, एक हजार थान मास्क, एक थान थर्मल गन र पञ्जा हस्तान्तरण गरेका हुन्।

प्रदेश कोरोना विशेष अस्पतालका रुपमा सञ्चालित उक्त अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको प्रयोजनार्थ आफूले उक्त सामग्री प्रदान गरेको व्यवसायी रायमाझीले बताए।   कोरोनाका लागि २८ शय्या सन्चालनमा  रहेको उक्त अस्पतालमा हाल कोरोना पोजिटिभ देखिएका १९ बिरामीको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए।

उनका अनुसार अहिले अस्पतालमा कपिलवस्तुका चार, रुपन्देही गैडहवा गाउँपालिकाका १०, लुम्बिनी सांस्कृतिक नगरपालिकाका चार र एक  भारतीय गरी कुल १९ जना कोरोना पोजिटिभ बिरामीको उपचार भइरहेको छ। 

रुपन्देही जिल्लाको सबैभन्दा पुरानो भीम अस्पताल भैरहवालाई कोरोना भाइरस पोजिटिभ देखिएको बिरामीलाई उपचार गर्नेगरी कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गरिएको छ। उक्त अस्पतालमा कोरोना बिरामीका लागि विशेष उपचार कक्ष सञ्चालन गरिएको छ।  तीन भेन्टिलेटरसहित पाँच  आइसियु बेड रहेको उक्त अस्पतालमा ३०  स्वास्थयकर्मीले सेवा दिइरहेका छन्। रासस
 

कमेन्ट लोड गर्नुस