बुवाको सम्झनामा पत्रकार भण्डारीद्वारा विपन्न दलित परिवारलाई सहयोग
धनगढी : आफ्ना स्वर्गीय बुवाको सम्झनामा डडेल्धुराका पत्रकार नवराज भण्डारीले विपन्न दलित परिवारलाई खाद्यान्न सहयोग गरेका छन्।
प्रेस संगठनको सुदूरपश्चिम सह–सयोजक रहेका उनले बुवा यज्ञराज भण्डारीको सम्झनामा डडेल्धुराको गन्याधुरा गाउँपालिका– २ कोरगाउँका तीन विपन्न दलित परिवारलाई सहयोग गरेका हुन।
हिन्दकुश दैनिकका प्रकाशक समेत रहेका उनले स्वर्गीय बुवाको श्राद्व तिथी तथा लकडाउनको परिस्थितिमा अर्थिक स्थिती कमजोर भएका परिवारलाई सहयोग गरेको बताए।