बाजुरामा मापदण्ड विपरित सडक निर्माणले दर्जनौ बस्ती जोखिममा
गाउको माथि बाट डोजर सड्क निर्माण गर्दा बाजुराको बडिमालिका नगरपालिका –१ मैमातोलाको बस्ती नै पहिरो उच्च जोखिममा रहेको छ । घर माथि बाट सडक निर्माण गर्दा स्थानियले रोक्न खोज्दा पनि जबरजस्ती डोजर लगाए । अहिले मैमातोलाका १० परिवारको उठिवास भएको छ । उनिहरु अहिले पानी आएको बेला गाँउबाट तल टाढा गएर चौरमा पाल टागेर बस्ने गरेका छन् ।
हिँउदको बेला सड्क बन्यो अब विकास भयो भन्ने लागेको थियो, अहिले त माथि बाट पहिरो आउदा उल्टै बिनाश भएको स्थानिय नरि बिष्टले वताए । २० मुरी धान फल्ले खेत भने पहिरोले छापिसकेको उनले वताए । सदरमुकाम मार्तडी देखि गौमुल गाउपालिका सम्म जोड्ने सो सडक निर्माण गर्दा गाउँका दर्जन बढि किसानको खेतबारी पहिरोले बगाएको छ ।
तिन वटा बस्ति उच्च जोखिममा रहेका छन् । परिवार पाल्ने खेत सबै बगाएपछि मैमातोला बासी अहिले निराश हुनुका साथै बस्ति व्यवस्थापनको माग गरिरहेका छन । मैमातोला जस्तै बाजुराका दर्जनौ बस्ति अहिले पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानिय सरकारले सड्क निर्माणका क्रममा जथाभाबि डोजर परिचालन गर्दा बस्ति जोखिम र खेति योग्य जमिन तहसनहस हुदै गएको छ । छेडेदहँ गाँउपालिका २ बस्ने सुरत थापाले भने कुनै योजना छैन, डोजरले आफै प्राबिधिक भएर सड्क खनिरहेका छन् ।
जथाभाबी सड्क निर्माण गर्दा गाँउ जोखिममा बनेको वताए । छेडेदह गाँउपालिका मात्र दर्जन बस्ति पहिरोको जोखिममा रहेको वताए । वडा नम्बर ५ डोगडिको गाँउमा माथि बाट सड्क निर्माण भएपछि अहिले बर्षातमा पहिरो बग्दा १ सय परिवार जोखिममा रहेको उनले वताए । बुढिन्नदा नगरपालिका ९ बस्ने धर्म बोहाराले भने सडकले विकास होइन विनाश ल्याएको बताए ।
सड्क निर्माण गर्ने नाँउमा डोजर लगाएका छन् जथाभाबि बाटो खनेका छन्, अहिले बर्षातले पहिरो आएर निकै समस्या भएको उनले वताए । बाजुरामा ९ वटा स्थानिय तहले सड्क निर्माणका नाममा २२ करोड भन्दा बढि बजेट छुट्याएका थिए । सबै सड्कमा डोजर परिचालन गरेको जिल्ला प्राबिधिक कार्यलय बाजुराले जनाएको छ ।
स्थानियलाइ खन्न लगाएको भए रोजगार पनि हुने सड्क पनि राम्रो हुने थियो, गाँउमा जताततै डोजर मात्र बाटो खनिरहेको बडिमालिका नगरपालिका स्थानिय लक्षि विकले वताए । जिल्ला वन कार्यलय बाजुराका प्रमुख दान बहादुर श्रेष्ठले भने सड्क निर्माणका नाममा जंगल फडानी गरेको वताए । जता जंगल त्यतै बाटो सड्क लिएका छन्, डोजर प्रयोग गरेर जंगल फडानी भएको छ, यसले गर्दा बाजुरामा जताततै पहिरोको त्रास रहेको वताए ।