भालुको पित्त सहित दुईजना पक्राउ
प्रहरीले भालुको पित्त सहित दुईजना लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुला बाट प्रहरी सहायक निरीक्षक भान बहादुर चन्दको कमाण्डमा खटिएको गस्ती टोलीले ८ सय ९३ ग्राम पित्त सहित दुईजानलाई पक्राउ गरेको हो। जिल्लाको महाकाली नगरपालीका वडा नं. ४ बागाबगडमा पैदल हिडिरहेका व्यास गाउँपालीका ६ का ३६ वर्षिय भान सिंह धामीलाई प्रहरीले शंका लागेपछि चेकजाच गर्दा उनको साथ बाट ८ सय ९३ ग्राम पित्त बरामद गरेको हो। यस्तै प्रहरीले हुम्लाको सिमिकोट गाउँपालीका ७ हाल भारतको धारर्चुला बस्ने २६ वर्षका रेकश शाहीलाई पनि पक्राउ गरेको छ। पक्राउ परेका व्यास गाउँपालीका ६ का भान सिंह धामीलाई सोधपुछ गर्दा भालुको पित्त रेकश शाहीले मगाएको बताएपछि उनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उरीक्षक नवराज अधिकारीले बताए। पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागी जिल्ला वन कार्यालय दार्चुला पठाईएको प्रहरी नायव उरीक्षक अधिकारीले बताए।