सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाईते

२०७७ वैशाख २९, ०६:३८ खबर संवाददाता

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ६ स्थित बनबेहडा नजिक पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गईरहेको सु.प.प्र.०२–००३प.३३२७ नम्वर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

मोटरसाईकल चालक जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नम्वर १ बस्ने वर्ष ५० का धिरेन्द्र शाहीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले मोटरसाईकलमा सवार सोही ठाउँका १५ बर्षीय माईकल शाहीको सेती अस्पतालमा उपचार भईरहेको बताए।

उनको अवस्था मध्यम रहेको छ। मोटरसाईकल आफै अनियन्त्रित भएर सडकको छेउमा गाडेको पोलमा ठोक्किएको थियो। 
 

कमेन्ट लोड गर्नुस