डडेल्धुरामा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइयो
२०७७ वैशाख २८, ०७:३४
डडेल्धुरा : भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने सडक निर्माण गरी उद्घाटन गरेका भन्दै डडेल्धुरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ। अखिल छैँठौ डडेल्धुराले जिल्लाको भात्काडा बजारनजिक मोदीको पुत्ला दहन गरेको हो।
लिपुलेक अतिक्रमण गरेको बिरोधमा आफुहरुले भौतिक दुरी कायम गरी पुतला दहन गरेको अखिल छैठौका अध्यक्ष टंक अवस्थीले बताए।
कमेन्ट लोड गर्नुस