धनगढीमा युवतीको अश्लिल भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पार्ने युवक पक्राउ
धनगढी : धनगढीमा युवतीको अश्लिल भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पार्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालीका वडा नम्बर ७ का २३ वर्षीय सन्तराम चौधरी रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
चौधरीले शनिबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीको सुकुटी नालामा झुण्डिएर आत्महत्या गरेकी गौरीगंगा ९ शंकपुरकी १९ वर्षीय लक्ष्मी देउवाको फेसबुकबाट अश्लिल भिडियो र फोटो आफन्त र साथीहरुलाई पठाएका थिए।
अश्लिल भिडियो र फोटाहरु फेसबुक मार्फत सार्वजनिक भएपछि उनले आत्महत्या गरेको उजुरीका आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
युवकको मोवाईलमा सार्वजनिभ भएको अश्लिल भिडियो, फोटा, र फेसबुक आईडी समेत लगईन अवस्थामै भेटिएको प्रहरी नायब उपरिक्षक बस्नतेले बताए। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।