धनगढीका मजदुरलाई विगक्याटद्धारा मास्क लगायतका समाग्री वितरण
धनगढी : धनगढीको विगक्याट युवा जनशक्ति नामक युवाहरुको समूहले मुक्त कमैया मजदुरहरुलाई मास्क लगायतका समाग्री वितरण गरेको छ। उपमहानगरपालिकाको वडा नम्बर १२ मा रहेको मुक्त कमैया शिविरका मजदुरलाई करिब सात सय मास्क, ग्लोब्स वितरण गरिएको विगक्याट युवा जनशक्तिका अभियान्ता किशोर जोशीले बताए।
यस्तै अभियान अन्तरगत नै आज सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, वडा नम्बर १२ मा रहेको अस्थायी प्रहरी चौकी, १० मा रहेको सशस्त्र क्याम्पका सुरक्षाकर्मीलाई पनि मास्क, साबुन, ग्लोब्स एवंम खानेपानी वितरण गरिएको जोशीले बताए।
लकडाउनको समयमा रातदिन नभनी डिउटीमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन अभियान अन्तरगत विभिन्न समाग्री सहयोग गरिएको उनले बताए।