एसपी जबराले कैलाली प्रहरीको कमाण्ड सम्हाले
धनगढी : बुधबारदेखि कैलाली प्रहरीको कमाण्ड एसपी अनुपम शमशेर जबराले सम्हालेका छन्। कैलालीका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरी एसएसपीमा बढुवा भएर गएपछि प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा जबरालाई सरुवा गरेको थियो। प्रहरी उपरिक्षक (एसपी) जबराले कैलाली पुगेर बुधबारदेखि नै जिल्लाको कमाण्ड सम्हालेका हुन्।
लामो समय मानव बेचबिखन अनुसन्धान ब्युरोमा काम गरिसकेका प्रहरी उपरिक्षक जबराले दिनेश खबरलाई प्रतिक्रिया दिदै जिल्लामा शान्ति, सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको बताएका छन्।
तत्कालका लागि विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रहरीले खेल्न सक्ने भूमिकालाई निर्वाह गर्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पूरा गर्न आफू प्रतिवद्ध रहेको उनले बताए।
कोरोना महामारी नियन्त्रण भएपछि जिल्लाका चुनौती र समस्याका विषयमा सरोकारवाला पक्षसँग आवश्यक छलफल गरेर सोही अनुसारका रणनीति बनाएर अगाडी बढ्ने प्रहरी उपरिक्षक जबराले बताए।