सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पनि मनाइयो बुद्ध जयन्ती

२०७७ वैशाख २५, ०५:१० खबर संवाददाता

धनगढी : धनगढीमा पनि २५६४ औं मनाइएको छ।  धनगढी उप–महानगरपालिका– १ लोकपथ बुद्ध बिहारमा जयन्ती मनाइएको हो। 

धर्मोदय सभा शाखा तथा लोकचक्र बुद्ध बिहारको संयुक्त आयोजनामा सामाजिक दूरी कायम गर्दै बुद्ध जयन्ती मनाईएको धर्मोदय सभा शाखा धनगढीका अध्यक्ष लाहुराम चौधरीले बताए। लकडाउनका कारण यस वर्ष बुद्ध पूजा, दिप प्रज्वलन गरी विश्व शान्तिको कामना गर्दै दिवस मनाइएको अध्यक्ष चौधरीले बताए। 

२०३९ सालदेखि नियमित रुपमा बुद्ध जयन्ती मनाउँदै आएको बताउँदै संस्थाका सस्थापक सदस्य जानकी तुलाधरले पहिले हप्तादिनसम्म जयन्ती मनाउनले गरेको तर यस वर्ष एकदिन मात्र मनाएको बताइन। विगतमा सांस्कृतिक प्रतियोगिता, कविता प्रतियोगिता, शान्ति र्‍यालीसहित बुद्ध जयन्ती मनाउदै आएकोमा यो वर्ष लकडाउनका कारण सामान्य रुपमा मात्र मनाइएको उनले बताइ।  

शान्तिका अग्रदूत एवं एशियाका ताराको रूपमा प्रसिद्ध गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ती र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा महत्वका साथ स्मरण गर्ने गर्छन्।

कमेन्ट लोड गर्नुस