डडेल्धुरामा चट्याङ लागेर दुईजना घाइते
डडेल्धुरा : चट्याङ लागेर डडेल्धुरामा दुईजना घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ४ का ३ वर्षीया रेनुका जोशी र ५५ वर्षीया कलावती जोशी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।
बिहान घरमा सुतिरहेको अवस्थामा चट्याङ् पर्दा घाइते भएको प्रहरीले जनाएको छ। चट्याङ पर्दा छिमेकी जयलाल बोहराको गाइगोरुमा समेत क्षति भएको जनाएको छ। घाइतेहरुको अहिले जोगबुढा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।