सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीलाई साँची राखेर अपाङ्गता भएकालाई स्वास्थ्य सामग्री सहयोग !

२०७७ वैशाख १९, ०७:२४ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अपाङ्गता भएकाहरुका लागि कुनै खालका राहत प्याकेज नल्याएका बेला नीजि क्षेत्रले सहयोग गरेको छ। सुदूरपश्चिम फाउण्डेसन लगायतका संघसंस्थाले पूर्ण अशक्त एवंम् आपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य सामग्री मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत हस्तान्तरण गरेको हो।

कैलाली, डडेल्धुरा र बझाङका पुर्ण अपाङ्गता भएका व्यक्तीहरुका लागि खरिद गरिएको स्वास्थ्य सामाग्री सुदूरपश्चिम फाउण्डेशनका अध्यक्ष भरत शाहले मुख्यमन्त्री भट्टलाई हस्तान्तरण गरे।  

रोबिका कन्सट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक निराजन खड्का र नेपाल पारा ओलम्पिक सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीर्घ कुमार स्वाँरको आर्थिक सहयोग तथा अपागंता सहायता प्रतिस्ठान नेपालका अध्यक्ष भावानी ऐरको समन्वयमा प्रदेश सरकार मार्फत स्वास्थ्य सामग्री सहयोग गरिएको हो।

पूर्ण अशक्त भएका ब्यक्तीहरुका लागी अति आवश्यक स्वास्थ्य सामग्री प्रदेश सरकार मार्फत सहयोग गरेको सुदूरपश्चिम फाउण्डेशनका अध्यक्ष भरत शाहले बताए। अपागंता भएका ब्यक्तीहरुका समस्या समाधान गर्न प्रदेश सरकारलाई समेत दवाव दिने गरी केही स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनले जनाए। 
 
 

कमेन्ट लोड गर्नुस