सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आयल निगम धनगढीद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

२०७७ वैशाख १९, १०:२३ खबर संवाददाता

नेपाल आयल निगम धनगढीले मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ। शुक्रबार मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश धनगढी शाखालाई ५ क्विन्टल चामल, ५० किलो दाल, ५० किलो आलु, साढे दुई कार्टुन तेल, २५ किलो नुन लगायतका खाद्यान्न सामगी्र सहयोग गरेको हो।

धनगढीको तारानगरमा रहेको मानवसेवा आश्रम शाखामै पुगेर नेपाल आयल निगम लिमिटेड धनगढी प्रादेशिक प्रमुख सर्पराज शर्माले उक्त खाद्यान्न हस्तान्तरण गरेको आश्रमले जनाएको छ।

कमेन्ट लोड गर्नुस