सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका तीन युवकसहित लागुऔषध कारोबारमा संलग्न चार जना पक्राउ

२०७७ वैशाख १८, ०५:४३ खबर संवाददाता

कैलाली :  कैलालीका तीन युवक सहित चार जना लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न भएको भन्दै परेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाले कैलालीको टीकापुर, लम्की र दैलेखका चार जना युवकलाई लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो। 

प्रक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका नम्बर १ का २८ वर्षीय राजन रावल, वडा नम्बर ९ का ३३ वर्षीय रमेश न्यौपाने, लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय रोशन कडायत र दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ७ का २७ वर्षीय आकाश शाहलाई ४६ ग्राम ४३० मिलिग्राम लागु औषध ब्राउनसुगरसहित बुधबार पक्राउ गरिएको हो।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको मुलगेट अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनामाथि लागुऔषध कारोबार तथा ओसारपसार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको र म्याद थपका लागि उनीहरुलाई अदालतमा लगिएको छ।

कमेन्ट लोड गर्नुस