कोरोनाबाट विश्वभर दुई लाख २७ हजार बढीको मृत्यु
२०७७ वैशाख १८, ०६:०८
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख २७ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख २७ हजार ९ सय ६ पुगेको छ। यस्तै ३२ लाख १६ हजार ८ सय ८ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ९ लाख ९९ हजार २ सय ३५ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस