डडेल्धुरामा लकडाउनको मौका छोपेर वन फँडानी
डडेल्धुरा : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको मौका छोपी डडेल्धुरामा वन फँडानी भइरहेको छ। चुरे र महाभारत क्षेत्रका विभिन्न जंगलमा रुख ढाल्ने र काठ चिरेर अवैधरुपमा निकासी गर्नेक्रम बढेको हो।
डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर–६ मा रहेको प्रसिद्ध भगवती मन्दिर डागेश्वरी मन्दिर परिसरका देवदार र धुपी, सल्लाका रुख पनि फँडानी गरिएको छ।
वन उपभोक्ता पनि घरबाहिर निस्कन नपाएको र कर्मचारी पनि नभएको मौका छोपेर स्थानीय जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीकै मिलेमतोमा फँडानी भइरहेको स्थानीयको दाबी रहेको छ।
६ लाख ८७ हजार हेक्टर वन क्षेत्र रहेको सुदूरपश्चिममा ४५ हजार हेक्टर जंगल अतिक्रमण भइसकेको वन कार्यालयकै तथ्यांक रहेको छ।