साझा पार्टीद्धारा कोरोना बाट जोगीन पत्रकार र प्रहरीलाई सामाग्री सहयोग
साझा पार्टी टीकापुरले पत्रकार र प्रहरी प्रशासनलाई कोरोना बाट जोगीन मास्क, सेनिटाईजर र पञ्जा सहयोग गरेको छ। मंगलबार टीकापुरका पत्रकारहरु र ईलाका प्रहरी कार्यालयलाई कोरोना बाट जोगिन सामाग्री सहयोग गरीएको साझाँ पार्टीले जनाएको हो।
महामारीको समयमा पत्रकार र प्रहरी बढी जसो फिल्डमा निस्कनुपर्ने हुदा जोखीमबाट बच्न सामाग्री सहयोग गरीएको साझा पार्टीका कैलाली क्षेत्र नम्बर १ का संयोजक लोकबहादुर बुढाक्षेत्रीले बताए। पत्रकार गणेश चौधरीले कोरोना भाइरसको महामारीका बेला भएको सहयोगले पत्रकारहरुमा राहत हुने बताए। ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मनोहर प्रसाद भट्टले अरुको सुरक्षामा खटीएका प्रहरीलाई उनीहरुको सुरक्षालाई महसुस गरी सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।
उनले अन्य ठाउँबाट आएको सहयोग सकिएको बताउदै अभाव भएकै समयमा सहयोग भएकोले ठुलो राहत मिलेको समेत बताए। साझा पार्टी टीकापुरले १ सय पिस सेनिटाइजर,२ सय पिस पन्जा र १ सय पिस माक्स ईलाका प्रहरी कार्यालय टीकापुरलाई सहयोग गरेको हो।