सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा स्यानिटाइजिङ बुथ जडान

२०७७ वैशाख १६, ०७:११ खबर संवाददाता

धनगढी : कैलालीका त्रिनगर नाकामा स्यानिटाइजिङ बुथ जडान गरिएको छ। इटा व्यवसायीहरुको सहयोग तथा भन्सार कार्यालय र धनगढी उप–महानगरपालिकाको पहलमा नाकामै स्यानिटाइजिङ बुथ जडान गरिएको हो। एक लाख ५० हजारको लगानीमा ईटा व्यवसायीले बुथ निर्माण गरेर हस्तान्तरण गरेका हुन्। 

सो नाका भएर कैलाली प्रवेश गर्ने सबैलाई मेसिन मार्फत सेनिटाईज गरिने भन्सार कार्यालय कैलालीका निमित्त प्रमुख परमानन्द जोशीले बताए। धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले नाकामै ¥यापिड टेस्टका लागि पनि छलफल भईरहेको बताए।

कैलालीमा भारतबाट भित्रिरहेका मालबहाक सवारी साधन र आयात हुने सामानको भने यसअघि नै भन्सारले सेनटाईज गर्दै आएको थियो। 

 

कमेन्ट लोड गर्नुस