सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८३ साउन २०, ०७:०५ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका–४ बिजुलियास्थित सडकमा खोपाबाट बिजुलियातर्फ आउँदै गरेको से.१ प ७२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१२ बस्ने ५६ वर्षीया गुरहनिया चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिएस अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस