सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सकभर अन्य जिल्लाबाट आउनै नदिने, आएकालाई १४ दिन क्वारेन्टाइनमा राखिने

२०७७ वैशाख १५, ०५:१८

प्रताप ओली, बझाङ: शुक्रबार र सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले बाहिरी जिल्लाबाट सकभर नआउन र आएका सबैलाई अनिवार्य १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। काठमाडौं, धनगढी लगायतका बाहिरी जिल्लाबाट आएका विद्यार्थी तथा सर्वसाधारण सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखिने निर्णय भएको हो। 

आएकाहरु सिधै घर पुगेका र उनीहरू धेरैलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइन राखिसकेको र नआएकाहरुलाई घरमै गएर स्वास्थ चेक गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै कतिपय स्थानीय तहलाई घरबाट जुनसुकै हालतमा पनि ल्याएर क्वारेन्टाइनमा राख्न अनुरोध गरिएको प्रमुख जिल्ला अभिकारी उमेश पाण्डेले बताए। अहिले काठमाडौं लगायतका शहरमा पढ्न गएका विद्यार्थी, कामकाज तथा जागिरका लागि गएकाहरु समस्या हुन थालेपछि स्थानीय तहको पहलमा बसमार्फत गाउँमार्फत जिल्ला फर्किरहेका छन् । 

यता जिल्ला प्रशासन र केही स्थानीय तहले भने बाहिरी जिल्लाबाट तत्काल आउन नदिने पक्षमा छन् तर केही व्यक्ति तथा जनप्रतिनिधिले जिल्ला भित्राउने पठाउने गरिरहेका छन्। 

यस्तै चैनपुरमा रहेका मजदुर तथा बाहिरी जिल्ला घर भएकाहरुलाई जिल्ला प्रशासनले घर पठाइरहेको जनाइएको छ। बझाङका धेरैजसो स्थानीय तहले सबै आउँदा व्यवस्थापनमा असहज हुने भन्दै आउन नदिने निर्णय गरेका छन्।

कमेन्ट लोड गर्नुस