सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप एक जनालाई कोरोना, संक्रमितको संख्या ५२ पुग्यो

२०७७ वैशाख १४, ०७:०१

आइतबार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीषणको नतिजा अनुसार झापाका पुरुष्मा कोरोना पोजिटिभ देखिएको हो। 

सामान्य स्वास्थ्य अवस्था रहेका उनी अहिले एक निजी अस्पतालमा छन्।  झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ। १६ जना भने डिस्चार्ज भएका छन्। 

कमेन्ट लोड गर्नुस