सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँबाट चार वटा बस धनगढी आउँदै, अलपत्र परेकालाई सम्पर्कमा आउन आग्रह

२०७७ वैशाख १४, ११:३३ खबर संवाददाता

धनगढी :काठमाडौँबाट आज चार वटा बस धनगढी आउने भएका छन्। कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद नारदमुनी रानाका स्वकीय सचिव कमल रानाले काठमाडौँमा अलपत्र अवस्थामा रहेकाहरुलाई पठाउन चार वटा बस धनगढी आउन लागेको जानकारी दिएका छन्।

रानाले सामाजिक सञ्जाल फेसबुक मार्फत समस्यामा परेका विद्यार्थी, मजदुर तथा विरामीहरुलाई सम्पर्कमा आउन समेत आग्रह गरेका छन्।

धनगढी उपमहानगरपालिका र प्रतिनिधिसभा सांसद रानाको समन्वयमा लकडाउनपछि काठमाडौँ अलपत्र परेकाहरुलाई ल्याउन लागिएको हो। 

 

कमेन्ट लोड गर्नुस