सुदूरपश्चिम प्रदेशका क्वारेन्टाइनमा बसेका १५ जनामा देखियो औलो
धनगढी: सुदूरपश्चिम प्रदेशका क्वारेन्टाइनमा बसेका १५ जनामा औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको लछ। हाल क्वारेन्टाइनमा बसेका मानिसहरुमा औलो (पोजेटिभ) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
सुदूरपश्चिमका केही जिल्लाहरुमा कोरोना परीक्षणसँगै औलो पनि परीक्षण गरिएकोमा १५ जनामा औलो संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
औलो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। विशेषगरी गर्मिीयाममा यो रोग देखापर्ने गर्छ।