गहुँ काटेको खेतमा आगो नलगाउन सुझाव
धनगढी–सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गहुँ भित्र्याउने काम लगभग सकिएको छ। तराइका जिल्लामा गहुँ भित्र्याउने काम सकिएपछि अहिले किसानहरु गहुँ खेतको सफाईमा जुटेका छन्।
उनीहरु गहुँ बारी सफाइ गर्दा आगो लगाउदैछन्। बारीमा रहेका गहुँका नल सफाई गर्ने भन्दै आगो लगाउन थालिएको हो। कैलालीको जानकरी गाउँपालिका वडा नम्बर २ का किसान हिराकुमारी पाण्डेले गहुँ काट्ने काम सकिएको बताइन्। उनले भनिन्, ‘धान रोप्दा गहुँका ठोसा हातमा बिज्छन्। आगो लगाएपछि हुदैन्। त्येसैले हामी गहुँ काटिएको खेतमा आगो लगाउछौ।’ तर गहुँ बारीमा लगाएको आगोले खतरा समेत हुने कृषि विज्ञहरु बताउँछन्।
उनीहरुले किसानलाई गहुँ लगाएको खेतमा आगो नलगाउन आग्रह गरेका छन्। सुदूरपश्चिमको भूमि व्यवस्थ कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत गिरिशराज जोशीले किसानलाई गहुँ लगाएको खेतमा आगो नलगाउन आग्रह गरे। ‘आगो नलगाउदा राम्रो हो। आगो लगाउदा प्रदुषण बढ्छ। माटोमा भएका मित्र किराहरु पनि मर्छन। खास गरेर जोतेर पल्टाइ दिए राम्रो हुन्छ। प्छि त्यो मल हुन्छ।’ उनले भने। खेत जोतेर हरियो मल छर्कन उनले आग्रह गरेका छन्। उनले मकै वा मुङ लगाउन पनि सकिने बताए।