नेपालमा थप एक जनालाई कोरोना, सङ्क्रमितको संख्या ४८ पुग्यो
नेपालमा बिहीबार नै थप अर्का एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। यो सहित कोरोना सङ्क्रमितको संख्या ४८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत थप एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको बताइएको हो। मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले २६ वर्षका एक युवकमा कोरोनाको सङ्क्रमण भएको बताए। यस अघि बिहीबार नै दुई जनामा कोारेनाको सङ्क्रमण पुष्टि भएको थियो।