कैलालीको गौरीगंगाका २ सय ८३ जनाको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ
कैलाली: भारत लगायत अन्य देशबाट आएका गौरीगंगा नगरपालिका २ सय ८३ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) रिपोर्ट नेगेटिभ देखिएको छ ।
नगरपालिकामा चैत २८ गतेदेखि सुरु गरिएको आरडिटी चेकजाँच वडा नम्बर २, ५, ६, ७, ९ र ११ मा बसोबास गरिरहेका २ सय ८३ जनाको आरडिटी चेकजाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्राथमिक स्वास्थ्य केन्द्र चौमालाका डा फुलराम चौधरीले बताए। नगरभित्र आएका सबैको आरडिटी चेकजाँच गर्ने उनले बताए।