सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा एक बालकसहित थप दुई जनामा कोराेना, संक्रमितको संख्या ४७ पुग्यो

२०७७ वैशाख ११, ०४:२८ खबर संवाददाता

नेपालमा थप दुई जनामा कोरोना पुष्ट भएको छ। 

उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय बालकमा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले जानकारी दिए।

बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका ५८ वर्षीय पुरुष र ५१ वर्षीया महिला डिस्चार्ज गरिएको बताए।

यो सँगै नेपालमा संक्रमितको संख्या ४७ पुगेको छ। उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।

कमेन्ट लोड गर्नुस