सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा पछ्याउँदा पनि छुटेका कोरोना विरुद्धको लडाईका ‘कमाण्डर’ रमेश शाही

२०७७ वैशाख ११, ०२:०६ जनक विष्ट

धनगढी : रमेश शाही ! धेरै पटक सुनेको नाम तर परिचय बाड्न मौका मिलेको थिएन्। प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा गरिएका कयौँ रिर्पोटिङका  क्रममा पनि उनीसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर जुरेको थिएन्। भलै कोरोना प्रभावपछि टेलिफोनमा धेरै पटक कुरा गर्ने मौका मिलेको छ। कोरोनाले विश्वमा महामारीको रुप लिएका बेला ज्यानको प्रवाह नै नगरी अहोरात्र काममा खटिएका सेतीका चिकित्सक र स्वास्थ्यकर्मीको अनुभव आम पाठकसँग साट्ने माध्यम बन्ने इच्छा भने नभएको होईन्।

सोही अनुसार २४ चैतमा सेतीमा कोरोना विरुद्धको लडाईमा होमिएका ६३ स्वास्थ्यकर्मी, ७ बैशाखमा अस्पतालका स्वास्थ्यकर्मीका अनुभव र ९ बैशाखमा १७ महिने छोरा घरमा छोडेर पनि शंकास्पद नमूनासँग जोखिम मोल्दै गरेकी कञ्चन विष्टका अनुभव पाठक सम्म पुगाउने अवसर मिल्यो। अझै धेरैका अनुभव पाठक सम्म पुगाउन भने बाँकी नै छ।

व्यस्तताकाबीच मेरो कलमले पछ्याउँदा पनि छुटेका कोरोना विरुद्धको लडाईमा होमिएका एक प्रमुख कमाण्डर रमेश शाहीको अनुभव बाड्ने माध्यम बन्न पाउँदा भने खुसी लागेको छ।  
                                                          ०००
शाहीलाई मेलै पछ्याईरहेको आज होईन् २४ चैतदेखि नै हो। जब प्रदेशमै कोरोना परीक्षण हुन थालेको थियो। ५ बैशाखमा प्रयोगशालाकर्मीको गुनासो समेटिएको वेनामी विज्ञप्ती सञ्चार माध्यममा आईपुग्यो। त्यसले साँच्चै नै आफैलाई प्रश्न गर्न पनि बाध्य बनायो। कोरोना विरुद्धको लडाईको अग्रमोर्चाका कमाण्डर र सिपाहीहरुको अवस्था कस्तो छ? उनीहरुको अनुभव कस्तो होला? जोखिम मोलेर उनीहरुको नमूना केलाउँदा मनमा त्रास हुन्छ की हुदैन् होला? लगायतका अनेकौँ प्रश्नहरुको दौड सुरु भयो।

कोरोना परीक्षण प्रयोगशालामा खटिएका प्रयोगशालाकर्मीको सम्पर्क नम्बर हातमा पर्ने बित्तिकै पहिलो टेलिफोन उनै शाहीलाई लगाए। त्यती बेला नै उनीसँग परिचीत हुने मौका पनि मिल्यो। पहिलो दिन पशु अन्वेषण प्रयोगशालामै भेट्ने  निधो ग¥यौ। तर व्यवस्ताले सम्भव भएन। फेरी दोस्रो बिहानै टेलिफोन गरे। त्यो दिन पनि भेट्ने कुरा भयो तर सफल भएन। तर अन्ततः ८ बैशाखमा भने टेलिफोन संवादमै शाहीका अनुभव सुन्ने मौका मिल्यो। 
                                                       ०००
‘सुरु–सुरुमा कोरोना नयाँ भाईरस भएको हुनाले डर लाग्थ्यो।’ कुराकानीको सुरुमै शाहीले भने, ‘तर अहिले त्यस्तो छैन्। मज्जाले गर्न सकिन्छ। तर पनि केही डर त भईहाल्छ। किनभने हामीले पोजेटिभ नमूनासँग खेल्नुपर्ने हुन्छ। प्रत्यक्ष सम्पर्कमा हुन्छौँ।’ 
फेरी अगाडि उनले भने, ‘पहिला पहिला डर लाग्थ्यो अहिले त केही पनि छैन्। सुरक्षा आफूले गर्ने हो। हुन त सुरक्षा बिना हामी काम पनि गर्दैनौँ।’

१२ वर्षदेखि ल्याबमा काम गर्दै आएका उनी सेती प्रादेशिक अस्पतालको प्रयोगशाला ईन्चार्ज पनि हुन्। कोरोना परीक्षण प्रयोगशालाको कमाण्डरका रुपमा उनी नै काम गरिरहेका छन्। सामान्य समयमा झै अस्पतालको डिउटी सकेर घर परिवारलाई समय दिएर रमाउन सक्ने अवस्था भने अहिले छैन्।

कोरोनाको संक्रमणको त्रासकाबीच शाहीको शंकास्पद नमूनासँगको घनिष्टता बढेपछि घरपरिवारसँग दूरी पनि झनै बढेको छ। उनलाई परिवारका सदस्यहरुसँग भेट्न नपाएको पनि महिना दिन पुगिसकेको छ। सबैजना गाउँ बस्छन्। तर उनी भने डिउटी सकेर एक्लै धनगढीस्थित घरमै बस्छन्। तर सामाजिक सञ्जाल र टेलिफोन नै अहिले परिवारका सदस्यसँग माया बाड्ने माध्यम बनेको छ।  
                                                  ०००
जोखिम मोलेरै भएपनि अन्य सहकर्मीहरुको नेतृत्व गर्दै काम गर्नुको आनन्द पनि छुट्टै भएको उनी बताउँछन्। काम गर्ने समूह भएकै कारण पनि होला पीसीआर मेसिनमा कोरोनासँग लड्न बानी परिसकेको छ अचेल। कुराकानीका क्रममा उनले भने, ‘सबैजना मिलेर, एकअर्काको हौसला बढाएर, आपसी समन्वय गरेर नै काम गरिरहेका छौँ। बिहान साँझ दुईवटा सिफ्टमा काम गरिरहेका छौँ।’  

दुईतीन जनाको समूह बनाएर मिलेर काम गरेपनि संख्या कम हुँदा छुट्टै क्वारेन्टाईनमा बस्न नपाउँदा नमिठो अनुभव पनि उनीसँग छ।  ‘विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ७ दिन काम गर्ने १४ दिने क्वारेन्टाईन (एकान्तबास) मा बस्नुपर्छ। तर जनशक्ति कम भएर त्यस्तो गर्न सकिएको छैन्। काममा प्रेसर भएपनि बानी परिसक्यो,’ उनले भने, ‘डाक्टर र नर्सहरुले झै ७ दिन काम गरी हामीले पनि क्वारेन्टाईनमा बस्न पाए भन्ने कुरा गर्नुहुन्छ साथीहरु। तरपनि काममा निरन्तर खटिएका छन्।’ 

                                         सहकर्मीहरुसँग प्रयोगशाला इन्चार्ज शाही 

कोरोना परीक्षणको काम जोखिमपूर्ण भएपनि सम्बन्धीत निकायबाट हौसला बढाउने काम नभएको गुनासो पनि उनमा छ। ‘हामीले कोरोना भाइरसको परीक्षणका लागि संकलन गरिएका नमुनाहरुको सिधा सम्पर्कमा हुनुपर्छ। त्यसैले निकै सावधानी अपनाउनुपर्छ। तर यस्तो बेला पनि कतैबाट खासै हौसला मिलेको छैन्,’ शाहीले भने, ‘अरुले हौसला दिएपनि नदिएपनि काम त गर्नैपर्छ हामीले। साथीहरु डाक्टर नर्सको मात्र कुरा हुन्छ भन्छन्। जो ठीकै पनि हो।

नमूना संकलनदेखि, परीक्षण र रिर्पोटिङ सम्मका जिम्मेवारी हाम्रै काँधमा छ।’ हुन पनि महामारीका रुप लिएको कोरोनाका ल्याबमा शंकास्पद व्यक्तिका नमूना परीक्षण गरी कोरोना भए÷नभएको पत्ता लगाउँने ठुलो जिम्मेवारी उनीहरुकै काँधमा छ। गम्भीर बन्दै शाहीले सुनाए, ‘कुनै हालतमा रिर्पोट गलत आईदियो भने समान्य नागरिकले दुःख पाउँने भन्ने कुराको मनन गरी जोखिम मोल्दै काम गरिरहेका छौँ।’

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस