सुदूरपश्चिमभरी विद्युत सेवा अवरुद्घ
राष्ट्रिय प्रशारण लाईनमा अवरोध सिर्जना भएपछि सुदूरपश्चिमको विधुत सेवा अवरुद्ध भएको छ। राष्ट्रिय प्रशारण लाईनको कालीगण्डकीमा हावाहुरीले लाईनमा अवरोध सिर्जना भएपछि प्रदेशभर सेवा अवरुद्घ भएको नेपाल विदुत प्राधिकरण सुदूरपश्चिमका प्रमुख सतिशकुमार कर्णले बताए।
प्राधिकरणको धनगढी वितरण केन्द्र प्रमुख सुरेन्द्र चौधरीले अवरुद्घ सेवा कति बेला सुचारू हुने हो भन्ने विषय भन्न नसकिने बताए।