नेपालमा एकैदिन ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो
उदयपुरमा एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोशी अस्पतालमा ‘पोजेटिभ’ देखिएका नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः परीक्षण गर्दा मंगलवार ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयमा सचिव यादव कोइरालाले दिए।
मन्त्रालयलयका अनुसार धरानमा ८ जना र काठमाडौंमा ३ जनामा कोरोना पुष्टि भएको हो।