धनगढीमा ग्यासमा कालोबजारी गर्ने व्यवसायीलाई ३ लाख जरिवाना
धनगढी : धनगढीमा ग्यासमा कालोबजारी गर्ने व्यवसायीलाई तीन लाख जरिवाना गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा रहेको शुभ समैजी ग्यास सप्लार्यसले ग्राहकबाट बढि शुल्क असुलेर ग्यास सिलिण्डर बिक्रि गर्ने सञ्चालक हेमन्ती पाललाई तीन लाख जरिवाना गरिएको वाणिज्य तथा आपूर्ती कार्यालय धनगढीले जनाएको छ।
वाणिज्य तथा आपूर्ती कार्यालयका प्रमुख कमल पुनमगरले संयुक्त अनुगमनका क्रममा सप्लायर्सले ग्राहकबाट एक हजार तीन सय ४० पर्ने ग्यास सिलिण्डरको एक हजार तीन सय ७५ रुपैँया लिएर बिक्रि पाईएपछि जरिवाना गरिएको जानकारी दिए।
सप्लार्यसले चैत १ गतेदेखि बैशाख ६ गते सम्म बिक्रि गरेका एक हजार एक सय ४४ थान सिलिण्डरको बिल समेत जारी गरेको नभेटिएको आपूर्ती कार्यालय प्रमुख पुनमगरले बताए।