लकडाउनपछि धनगढीमा रोकिएका व्यक्तिलाई सम्पर्कमा आउन आग्रह
धनगढी : धनगढी उप–महानगरपालिकाले लकडाउनका कारण धनगढीमा रोकिएका व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको सूचनाका आधारमा उप–महानगरपालिकाले नगर बाहिर घर भएका व्यक्तिहरुलाई सम्पर्कमा आउन आग्रह गरेको हो।
‘धनगढीमा रोकिएका व्यक्तिहरुलाई आफु रहेको वडा अध्यक्ष वा वडाका प्रतिनिधीहरुको सम्पर्कमा आउन अनुरोध गरेका छौं,’ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘उहाँहरुको बिवरण संकलन गरेपछि उनिहरुको बारेमा जिल्ला प्रशासन कार्यालयले उचित निर्णय लिन सक्छ।’