सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८३ साउन २७, १०:११ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख २३ हजार ११० बराबरको मिठाई, भुटेको चना, सर्ति र किराना लगायतका सामान मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।  

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी बजार स्थीत महेन्द्र राजमार्गबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख १८ हजार बराबरको रेडीमेट कपडा, साडी, सुट र कुर्ती लगायतका सामान मंगलबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस