सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक मजदुरको मृत्यु

२०७७ वैशाख ५, १०:१४ खबर संवाददाता

धनगढी : डोटीमा एक मजदुरको मृत्यु भएको छ। जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्वर १ मा रहेको सालमुनी जलविद्युत आयोजनामा काम गर्ने क्रममा कालिकोटको सानी त्रिवेणी गाउँपालिका वडा नम्वर ६ का १६ बर्षका पारस धामीको मृत्यु भएको हो। एसी ममर्त गर्ने क्रममा भ¥याङबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले बताए।

उनका अनुसार एसी मर्मतको क्रममा खसेर गम्भिर घाईते भएका उनलाई उपचारका लागि धनगढी ल्याईएकोमा धनगढीमा उपचार सम्भव नभएपछि कोहलपुर लगिएको थियो। कोहलपुर पुग्नासाथ उनलाई अस्पताल मृत घोषणा गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस