सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी कारागारका कैदीबन्दीद्वारा राहत कोषमा सहयोग

२०७७ वैशाख ३, ०२:२३ खबर संवाददाता

डोटी: जिल्ला कारागार डोटीका कैदीबन्दीहरुले सरकारकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार खातामा आर्थिक सहयोग गरेका छन। कारागारमा रहेका ४९ जना कैदीबन्दीले १० हजार ९५ रुपैया उक्त कोषमा जम्मा गर्न प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई हस्तान्तरण गरेका हुन। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने तथा विपन्न वर्गलाई समस्या भएको भन्दै राहत स्वरुप उक्त रकम हस्तान्तरण गरिएको हो। 

कारागारमा रहेका ४९ जना कैदीहरुले आफुले दैनिक ६० रुपैयाका दरले पाउने सुविधा जम्मा गरेर सहयोग गरेको बताइएको छ।  कैदीबन्दीहरुले सहयोग गरेको रकम कोषमा जम्मा गरिएको जेलर राजन केसीले बताए।

 

कमेन्ट लोड गर्नुस